८ मंसिर, २०८१ शनिबार

12:34:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभामा अर्थसहित शिक्षा, खानेपानी र रक्षामन्त्रालयका शिर्षकमाथि चिरफार हुँदै

Nepal Business

२६ जेठ, २०७९

यसअघि १२ मन्त्रालयका विषयगत छलफल सकिइसकेको छ ।

प्रतिनिधिसभामा अर्थसहित शिक्षा, खानेपानी र रक्षामन्त्रालयका शिर्षकमाथि चिरफार हुँदै
काठमाण्डौँ । प्रतिनिधिसभामा विहिबार विनियोजन विधेयक २०७९ अन्तरगत मन्त्रालयका विविध शिर्षकमाथिको छलफल जारी छ ।
 
बैठकमा विहिबार खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका विभिन्न शिर्षकमाथि चिरफार हुँदै छ ।  
 
बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा. सुर्यप्रसाद पाठक, भीमबहादुर रावल र नवराज सिलवालले ति मन्त्रालयका विविध शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिनुभयो । 
 
विगत केही दिनदेखि विनियोजन विधेयकमाथिको छलफल जारी छ । सरकराले यही जेठ १५ गते बजेद ल्याएपछि त्यसमाथि नियमित जसो संसद बैठकमा छलफल जारी छ । यसअघि १२ मन्त्रालयका विषयगत छलफल सकिइसकेको छ ।