४ जेठ, २०८१ शुक्रबार

12:20:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रवद्र्धनमा जुट्न सम्बद्ध सबैमा आह्वान

Nepal Business

२५ जेठ, २०७९

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत विशेषगरी नेपाली मौलिक परिकारनै पाक्ने गरेको भन्दै उहाँले आफू गाउँमा रहँदा किनेमा, कागुनो तथा ताप्लेजुङका खोलानालामा पाइने तितो स्वाद भएका माछा खाएको स्मरण सुनाउनुभयो

राष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रवद्र्धनमा जुट्न सम्बद्ध सबैमा आह्वान

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गर्नुभएको छ ।

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभएको हो ।

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार नेपाली मौलिक पाककलाको क्षेत्रमा आबद्ध अभियानकर्मी, शैक्षिक सङ्घ संस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको औँल्याउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले अहिले युवामा देखिएको पश्चिमा खानपानको संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै नेपाली मौलिक खाद्य पदार्थलाई परिमार्जन र परिष्कृत ढङ्गले प्रयोग गर्न र पस्कने सके त्यसको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत विशेषगरी नेपाली मौलिक परिकारनै पाक्ने गरेको भन्दै उहाँले आफू गाउँमा रहँदा किनेमा, कागुनो तथा ताप्लेजुङका खोलानालामा पाइने तितो स्वाद भएका माछा खाएको स्मरण सुनाउनुभयो ।

सरकारले विद्यालयमा बालबालिका लक्षित दिवा खाजाको व्यवस्था गरेको र त्यसमा नेपाली मौलिक उत्पादनलाई भान्सामा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यसमा पनि मैदाबाट बन्ने पिज्जाको सट्टा कोदोको पिठो प्रयोग र मकैका विविध परिकार, दूधका परिकार समावेश गर्न सकिने उहाँले बताउनुभयो ।