२२ बैशाख, २०८१ शनिबार

11:21:58 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भाषा, संस्कृति र कला बलियो भए राष्ट्रियता बलियो हुन्छ: मन्त्री आले

Nepal Business

२५ जेठ, २०७९

नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ

भाषा, संस्कृति र कला बलियो भए राष्ट्रियता बलियो हुन्छ: मन्त्री आले

काठमाडौँ,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ । 

बुधबार सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ ।” 

मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराउनुभयो ।