२० माघ, २०८१ आइतबार

04:35:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

Nepal Business

२५ जेठ, २०७९

दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापतिसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाण्डौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ । 

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा बुधबार भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।