२४ फागुन, २०८१ शनिबार
09:42:49 AM
२५ जेठ, २०७९
काठमाडौं । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका टिपरहरू फोहोरनै नफाली काठमाडौं फर्किएका छन्। नुवाकोटको बञ्चरेडाँडामा फोहोर लैजाने क्रममा बुधबार स्थानीयले अवरोध पुर्याएपछि गाडीहरु काठमाडौं फर्किन थालेको प्रहरीले जनाएको छ।
स्थानीय जनप्रतिनिधिसँग सोमबार सरकारले लिखित सहमति गरेर मंगलबारबाट नियमितरुपमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि स्थानीयले उक्त सहमति अस्वीकार गर्दै बुधबार फोहोर फाल्न अवरोध गरेका हुन्। स्थानीयको अवरोधपछि बुधबार प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
स्थानीयबासीहरुले ढुंगामुढा गर्दा केही प्रहरी घाइते भएका छन्। बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।