२३ बैशाख, २०८१ आइतबार

01:27:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘सर्वजित’ चलचित्र निर्माणका लागि पयर्टन मन्त्री आलेद्धारा ५ महिनाको तलब सहयोग

Nepal Business

२५ जेठ, २०७९

‘सर्वजित’ चलचित्र निर्माणका लागि पयर्टन मन्त्री आलेद्धारा ५ महिनाको तलब सहयोग

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग  गर्नुभएको छ । 

दिनेश डिसीको निर्देशनमा बन्न लागेको ‘सर्वजित’ चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित छ । 

चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।

छुवाछुत उन्मूलन दिवसको दिन पारेर केही दिनअघि गरिएको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणमा सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।