२० माघ, २०८१ आइतबार

04:48:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल र स्वीजरल्याण्डबीच ८६१.३ मिलियन रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्झौता

Nepal Business

२५ जेठ, २०७९

नेपाल र स्वीजरल्याण्डबीच ८६१.३ मिलियन रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्झौता

काठमाण्डौं । नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच ‘आप्रवासी श्रमिकहरुको पुनर्मिलन’ परियोजना कार्यान्वयन गर्न सम्झौता भएको छ ।काठमाण्डौंस्थित बुधबार स्विजरल्याडको राजदूतावासमा ८६१.३ मिलियन रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सो सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र स्विजरल्यान्डको दूतावासका अन्तरिम कार्यवाहक सुश्री सिल्भाना होगले हस्ताक्षर गर्नुभएको हो । 

परियोजनाको उद्देश्य वैदेशिक रोजगारीबाट फर्केका कामदारहरूलाई नेपालमा पुनः स्थापित गर्न र सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवनमा सक्रिय रूपमा सहभागी हुन मद्दत गर्नु हो ।

यस परियोजनाको उद्देश्य उनीहरूको पुनः एकीकरणको योजना परिभाषित गर्न र विदेशमा रोजगारी मार्फत प्राप्त ज्ञान, सीप, पूँजी, ज्ञान, र अनुभवहरूको उपयोग गर्ने क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखिएको छ ।

यहि आउने साउनदेखि चार वर्षसम्म दुई प्रदेश, प्रदेश १ र मधेश प्रदेशका २० स्थानीय तहमा यो आयोजना कार्यान्वयनमा आउनेछ । सहयोग रकमलाई गोन रेड बुकमा रेकर्ड गरी स्थानीय तहमा कार्यान्वयन गरिनेछ।

हस्ताक्षर समारोहपछि छोटो प्रतिक्रिया दिँदै अर्यालले विदेशबाट फर्केका आप्रवासीहरूलाई समाजमा पुनःस्थापना गर्न र सामाजिक, राजनीतिक र आर्थिक जीवनमा पुनः एकीकरण गर्ने योजनालाई परिभाषित गर्न यो परियोजनाको कार्यान्वयन महत्त्वपूर्ण रहेको बताउनुभयो । 

यसले वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, पूँजी, ज्ञान र अनुभवलाई नेपालको सामाजिक–आर्थिक विकासमा उपयोग गर्न पनि मद्दत गर्छ ।

अर्यालले नेपालमा स्वीस सहयोगबाट सम्पन्न भएको विकास सहयोग खाताको पनि अवलोकन गर्नुभयो ।यस्तै होगले प्रवासलाई विकाससँग जोड्ने ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो । 

स्विजरल्याण्डले यस क्षेत्रमा आफ्नो दशक लामो संलग्नता मार्फत नेपालमा बसाइसराइको क्षेत्रमा समृद्ध अनुभवहरू संकलन गरेको छ। स्विजरल्याण्डले आप्रवासी कामदारहरूलाई फाइदा पु¥याउने नीति र योजनाहरू कार्यान्वयन गर्न नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ ।

यस परियोजनाले विभिन्न क्षेत्रका सरकारी, निजी क्षेत्र, सञ्जाल र आप्रवासी कामदारहरूसँग मिलेर फर्केका आप्रवासी कामदारहरूको सामाजिक र आर्थिक लाभ बढाउन काम गर्नेछ।

नेपालको सामाजिक–आर्थिक विकास र मानव श्रोतको विकासमा स्विट्जरल्यान्ड सरकारको अतुलनीय सहयोगका लागि नेपाल सरकार हार्दिक आभार प्रकट गर्दछ । दुवै सरकारहरूले साझेदारीले धेरै सफलताहरू देखेको स्वीकार गर्दछ र बलियो सहयोगको भावनामा जारी राख्न तत्पर छन्।