२४ बैशाख, २०८१ सोमबार

08:11:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त

Nepal Business

२० पुस, २०७८

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त

पुस २०, काठमाण्डौं
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको टेलिकमले जानकारी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको, तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइतवारको पत्रानुसार वैद्यलाई जिम्मेवारी दिइएको हो ।
कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा वैद्य प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनुभएको थियो ।