२० माघ, २०८१ आइतबार
04:32:25 AM
२५ जेठ, २०७९
‘कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन। स्रोतसाधन र कानून तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ। यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु।’
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताउनुभएको छ । सांसद थापाले काठमाडौं महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएको बताउनुभएको छ ।
विगत दुई सातादेखि काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै थापाले फोहोर व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका र सहरी मन्त्रालयले गरिरहेको काममा हामी सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन। स्रोतसाधन र कानून तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ। यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु।’