८ मंसिर, २०८१ शनिबार

12:09:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार मन्त्रालयका खर्च कटौती गरी एक रूपैयाँ कायम गर्न एमाले सांसदहरुको प्रस्ताव

Nepal Business

२५ जेठ, २०७९

चार मन्त्रालयका खर्च कटौती गरी एक रूपैयाँ कायम गर्न एमाले सांसदहरुको प्रस्ताव

काठमाण्डौं । नेकपा एमालेका सांसदहरुले चार मन्त्रालयका खर्च कटौती गरी एक रूपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरू पद्माकुमारी अर्याल, बिमला विक, लालबाबु पण्डित र गोकुलप्रसाद बास्कोटाले चार मन्त्रालयका खर्च कटौती गरी एक रूपैयाँ कायम गर्न प्रस्ताव गर्नुभएको हो ।

बैठकमा प्रस्तुत विनियोजन विधेयक–२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको विकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद सचिवालयले जनाएको छ ।