२० माघ, २०८१ आइतबार

04:32:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुखबाट लडेर पत्रकार पोखरेलको मृत्यु

Nepal Business

२५ जेठ, २०७९

रुखबाट लडेर पत्रकार पोखरेलको मृत्यु

काठमाण्डौं । पत्रकार राजु पोखरेलको रुखबाट लडेर मृत्यु भएको छ । पश्मि नवलपरासीका पत्रकार पोखरेलको मंगलबार घरमा रुखबाट घाँस झार्ने क्रममा लडेर मृत्यु भएको हो ।

पत्रकार पोखरेल ५ दिनअघि मात्र परिवारलाई भेट्न धुर्कोट गाउँपालिका–४ जैसीथोक रौताडीमा रहेको घर जानुभएको थियो । 

रुखबाट लडेर गम्भीर घाइते भएका ३४ वर्षका पोखरेलको तम्घासस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

पोखरेल नवलपरासीको बर्दघाटस्थित दौंतरी एमफमका स्टेशन म्यानेजर हुनुहुन्थ्यो । साथै प्रेस सेन्टर नेपाल नवलपरासीपश्चिमका जिल्ला अध्यक्ष पनि हुनुहुन्थ्यो ।