१ जेठ, २०८१ मंगलबार

11:28:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जबर्जस्ती सडक खनेमा कारबाही हुने, कहिलेदेखि हुँदैछ लागु ? (सूचनासहित)

Nepal Business

२५ जेठ, २०७९

कसैले जबर्जस्ती सडक खनेमा सडक ऐन २०३१ अनुसार कारबाही गरि

जबर्जस्ती सडक खनेमा कारबाही हुने, कहिलेदेखि हुँदैछ लागु ? (सूचनासहित)

काठमाण्डौं । सडक डिभिजन मातहत कुनै पनि सडक असार १ गतेदेखि भदौ मसान्तसम्म खन्न नपाइने भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना जारी गर्दै आगामी तीन महिना सडक खन्नका लागि स्वीकृति नदिने जानकारी दिएको हो । 

विभागका अनुसार बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो । 

कसैले जबर्जस्ती सडक खनेमा सडक ऐन २०३१ अनुसार कारबाही गरिने समेत सूचनामा उल्लेख छ।