२५ बैशाख, २०८१ मंगलबार

11:09:27 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

Nepal Business

२४ जेठ, २०७९

प्रदेशको खर्च क्षमता क्रमशः वृद्धि हुँदै गएको छ ।

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

गण्डकी,

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

गण्डकी प्रदेशसभाको मंगलबारको विशेष बैठकमा सरकार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भौतिक पूर्वाधारका अतिरिक्त गण्डकी प्रदेश सरकारले स्वास्थ्य र सामाजिक क्षेत्रमा विशिष्ट कार्य गर्दै आएको बताउनुभयो ।

सरकारले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताउनुभयो । 

प्रदेशभित्र सडकमा कुनै पनि नागरिक बस्न नपरोस् भनी उद्धार तथा संरक्षणको व्यवस्था मिलाएको बताउँदै उहाँले कोभिड–१९ महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक शैक्षिकवृत्ति उपलब्ध गराई मानवीय र नागरिक कल्याणका महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

“सरकारले विभिन्न प्रदेशसँग पर्यटन, उद्योग, व्यापारलगायतका क्षेत्रमा अन्तर सम्बन्ध विकास गर्दै लगेको छ”, उहाँले भन्नुभयो, “सरकारले नागरिकको चाहनाबमोजिमको विकासका लागि सक्दो प्रयास गर्दै आएको छ । 

प्रदेशको खर्च क्षमता क्रमशः वृद्धि हुँदै गएको छ ।

 आर्थिक वृद्धि दर बढेर ६.१७ प्रतिशत पुगेको छ ।” सातवटै प्रदेशमध्ये गण्डकी प्रदेश उच्च आर्थिक वृद्धि भएको दोस्रो प्रदेश बन्न सफल भएको उहाँले बताउनुभयो ।