१ जेठ, २०८१ मंगलबार

05:37:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विनियोजन विधेयकमाथिको छलफल : योजना छनोटको ‘मोडल’ परिवर्तन गरौँ’

Nepal Business

२४ जेठ, २०७९

सांसद सूर्यप्रसाद पाठकले विकास मोडलका बारेमा गम्भीर ढङ्गले संसद्मा छलफल गर्न आग्रह गर्नुभयो ।

विनियोजन विधेयकमाथिको छलफल : योजना छनोटको ‘मोडल’ परिवर्तन गरौँ’

काठमाडौँ,

मुलुकको राष्ट्रिय आवश्यकताका आधारमा आयोजना छनोट गर्न नसक्दा विकासले गति लिन नसकेको भन्दै सांसदहरूले योजना छनोटको ‘मोडल’ परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उडड्यन, वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सो कुरा बताउनुभएको हो । 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उडड्यन, वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सो कुरा बताउनुभएको हो । 

सांसद सूर्यप्रसाद पाठकले विकास मोडलका बारेमा गम्भीर ढङ्गले संसद्मा छलफल गर्न आग्रह गर्नुभयो ।

“योजना छनोटको मोडल गलत छ, नेता र मन्त्रीको सिफारिस, नेता र कर्मचारीको खल्तीबाट योजना छनोट हुने गरेको छ”, उहाँले भन्नुभयो, “योजनाले कति रोजगारी सिर्जना गर्छ, लाभ र स्रोतको सुनिश्चिता के कति हो त्यो पनि हेर्देनौँ, योजना छनोटको मोडललाई परिवर्तन गरौँ, तल्ला तहबाट योजना छनोट गरेर ल्याऔँ ।”

भोटका लागि गरिने विकासले समृद्ध नेपाल सुखी नेपाली सम्भव नभएको उल्लेख गर्दै सांसद पाठकले सरकारले नीतिगत रुपमा विकासको दिशानिर्देशन गर्न नसकेको बताउनुभयो । 

मन्त्री भएपछि योजना लैजाने र फेरि निर्वाचन जित्ने मनशायका साथ आफूखुसी बजेट लैजाने गरिएको उहाँको भनाइ थियो । सांसद नवराज सिलवालले आवश्यकताका आधारमा विकास योजना तय गरेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उडड्यन प्राधिकरणले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले केही निजी कम्पनीले पूराना कम्पनीको जहाज ल्याएर सञ्चालन गर्ने गरेकाले त्यसलाई रोक लगाउनुपर्ने माग गर्नुभयो ।