२० माघ, २०८१ आइतबार

04:49:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्रोत नखुलेको झण्डै ४ करोडसहित पाँच पक्राउ, चार जना चिनिया नागरिक

Nepal Business

२४ जेठ, २०७९

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी पक्राउ गरिएको हो ।

स्रोत नखुलेको झण्डै  ४ करोडसहित पाँच पक्राउ, चार जना चिनिया नागरिक

काठमाडौँ । 
चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँसहित पाँच जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनिया नागरिक रहेका प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनिया नागरिक रहेका प्रहरीले जनाएको छ । 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी पक्राउ गरिएको हो । 

गुरुङ भने कारका चालक हुन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।