२० माघ, २०८१ आइतबार

04:46:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि , १०७ जना सक्रिय संक्रमित

२४ जेठ, २०७९

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण  पुष्टि , १०७ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमणमुक्त  भएका छन् भने हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।