२४ फागुन, २०८१ शनिबार

09:40:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धोबीखोलामा पुरुषको शव फेला

Nepal Business

२४ जेठ, २०७९

शवको पहिचान नभएको

धोबीखोलामा पुरुषको शव फेला

काठमाण्डौं । काठमाण्डौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव मंगलबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने र शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।

त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताउनुभयो ।