८ मंसिर, २०८१ शनिबार
12:53:49 AM
२३ जेठ, २०७९
बैठक भोलि मङ्गलबार विहान ११ः ३० बजे बस्ने गरी आजलाई सकिएको छ । अबको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयअन्तरगतको विषयगत शिर्षकमाथि छलफल हुने छ ।
काठमाडौं,
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तरगत चार मन्त्रालयका विभिन्न शिर्षकहरुमाथि छलफल सम्पन्न भएको छ।
सोमबारको बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल भएको थियो ।
सोमबारको बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल भएको थियो ।
बैठक भोलि मङ्गलबार विहान ११ः ३० बजे बस्ने गरी आजलाई सकिएको छ । अबको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयअन्तरगतको विषयगत शिर्षकमाथि छलफल हुने छ ।
आजको बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले महिला मन्त्रालयमा बजेट न्युन भएको भन्दै आलोचना गर्नुभयो । सांसद अञ्जना विसङ्खेले कानुन मन्त्रालयको विषय उठाउँदै कानुन कार्यान्वयन किन फितलो भएको हो भनी मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कृष्णभक्त पोखरेलले भूउपयोग नीतिको काम समेत हुन नसकेको बताउँदै हिंसा न्युनिकरणणका लागि सामुदायिक सुरक्षा प्रणाली स्थापना गर्न माग गर्नुभयो ।
आजको बैठकमा सांसदहरु मैनाकुमारी भण्डारी, लक्ष्मी परियार, विमला विश्वकर्मा, दिव्यमणि राज भण्डारी, सरिता न्यौपाने, पार्वतीकुमारी विशुन्के, प्रेमप्रसाद तुलाचन, शान्ता चौधरीलगायतले बोल्नुभएको थियो ।