२२ बैशाख, २०८१ शनिबार

08:55:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कल सेन्टर सञ्चालन गरी महानगरवासीको जनगुनासो सम्बोधन गर्दै महानगरपालिका

Nepal Business

२३ जेठ, २०७९

महानगरले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो।

कल सेन्टर सञ्चालन गरी महानगरवासीको जनगुनासो सम्बोधन गर्दै  महानगरपालिका

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले जनगुनासो सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो।

सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालका अनुसार कार्यपालिका बैठकको  निर्णयअनुसार १६६००१०५५११ टोलफ्री नम्बरसहितको कल सेन्टर सञ्चालनमा ल्याएको हो। 

महानगरका मेयर बालेन्द्र शाहले जेठ १६ को कार्यपालिकाको पहिलो निर्णयमा जवाफदेही नागरिक सेवाका लागि कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गर्नु भएको थियो।