२० माघ, २०८१ आइतबार

04:29:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३७ अर्ब रुपैयाँभन्दा माथिको बजेट नल्याउने योजना आयोगका उपाध्यक्ष क्षेत्रीको भनाइ

Nepal Business

२३ जेठ, २०७९

३७ अर्ब रुपैयाँभन्दा माथिको बजेट नल्याउने योजना आयोगका उपाध्यक्ष क्षेत्रीको भनाइ

काठमाण्डौं । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब रुपैयाँभन्दा माथिको नबनाउने बताउनुभएको छ । 

३५ अर्ब रकम  प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९।८० को लागि बजेट ३७ अर्ब रुपैयाँसम्मको बनाइने उहाँले बताउनुभएको हो । 

सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको सानो बजेट आउने बताउनुभयो।

उहाँले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने जानकारी दिनुभयो ।

लोकप्रीयता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउंदै उहाँले ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको सम्वृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गर्नुभयो ।