५ जेठ, २०८१ शनिबार

01:02:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किवीले बजार पाएन

Nepal Business

२० पुस, २०७८

प्रतिकिलो ८०÷१०० रुपैयाँमा खरिद÷बिक्री, सुरुमा प्रतिकिलो ६०० थियो

 किवीले बजार पाएन

 
पुस २०, काठमाण्डौं
बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवीको खेती गर्न थालेका थिए ।
ताप्लेजुङमा पाँचसात वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छन । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ । किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले किसान चिन्तित भएका छन् । 


पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताउनु भयो ।

बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवीखेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डागीको भनाइ छ । 
जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलो ६०० सम्म पर्ने गरेकामा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो  ८० देखि १०० सम्ममा खरिद÷बिक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ ।
सिरिजङ्गा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यै रहेको बताउनु भयो । किवीको बजार अभाव हुँदा उत्पादन भएपनि आम्दानी लिनबाट किसान बञ्चित हुनुपरेको उहाँले बताउनु भयो ।