८ मंसिर, २०८१ शनिबार

12:51:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकीकृत समाजवादी पार्टीको मन्त्रिपरिषद हेरफेर स्थगित

Nepal Business

२३ जेठ, २०७९

एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादी पार्टीको मन्त्रिपरिषद हेरफेर स्थगित
काठमाण्डौं । मन्त्रिपरिषद हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्कालका लागि स्थगित गरिएको छ ।  
 
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति जुटेको थियो ।
 
यसैबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनु भएको छ ।
 
प्रधानमन्त्रीले हामी चार जनालाई अझ राम्रो काम गर्नुस् भनेर निर्देशन दिनु भएको श्रममन्त्री श्रेष्ठले बताउनु भयो ।
 
प्रधानमन्त्रीसँग कुराकानी भएलगत्तै एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी अध्यक्ष नेपाललाई पनि भेटेका छन् । अर्का एक मन्त्रीका अनुसार अध्यक्ष नेपालले मन्त्री फिर्ताको निर्णय गर्दा बजेटमाथि छलफल भइरहेको र जवाफ दिन बाँकी रहेको याद नभएको बताउनु भएको थियो । 
 
उहाँले बजेट छलफल टुंगिएपछि पार्टीमा छलफल गरेर निर्णय गर्ने वचन समेत दिनु भएको छ। बजेट पास नहुँदासम्म केही हुन्न, यथावत काम गर्नुस् भन्ने निर्देशन रहेको एक मन्त्रीले बताउनु भयो । 
 
एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
 
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउनुका साथै शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम दिएको थियो ।