२० माघ, २०८१ आइतबार

04:35:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

२३ जेठ, २०७९

प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

काठमाडौं । प्लस टु दिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारले ५० प्रतिशत छुट दिने भएको छ ।  आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै  प्लस टु दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठदेखि ३ असारसम्म लागु हुनेछ ।  पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिनेछ ।