२० माघ, २०८१ आइतबार
04:35:42 AM
२३ जेठ, २०७९
पक्राउ परेका व्यक्तिका साथ ८ सय ७८ ग्राम तेजावी सुन बरामद
काठमाण्डौं । अवैध रुपमा सुन भित्राउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपडामा खोल राखि खोलभित्र लेप बनाएर अवैध रुपमा सुन ल्याउने दुई जना र सम्पर्कमा रहेका ५ गरि सात जनालाई पक्राउ गरेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिनुभएको हो ।
पक्राउ परेका व्यक्तिका साथ ८ सय ७८ ग्राम तेजावी सुन बरामद भएको उहाँले बताउनुभयो । उनीहरूलाई थप अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको कुँवरले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले डेड महिना पहिला काठमाण्डौंमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । अवैध रुपमा हुन्डी कारोवार गर्ने जयकमल साहलाई ३७ लाख रुपैयासहित कालिमाटीबाट पक्राउ गरिएको कुँवरले बताउनुभयो ।