२० माघ, २०८१ आइतबार

04:50:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फर्पिङको जङ्गलमा अन्दाजी २२।२३ वर्षको युवायुवती मृतावस्थामा फेला

२३ जेठ, २०७९

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो ।

फर्पिङको जङ्गलमा अन्दाजी २२।२३ वर्षको युवायुवती मृतावस्थामा फेला

काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिनुभयो ।

उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२।२३ वर्षको भएको बताउनुभयो । मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।