३ जेठ, २०८१ बिहिबार

12:42:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय राहदानी सेवा कञ्चनपुरमा

२० पुस, २०७८

सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा मात्र लागू

विद्युतीय राहदानी सेवा कञ्चनपुरमा


पुस २०, काठमाण्डौं 
कञ्चनपुरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो । राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचारअनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने काम बन्द गरेको थियो । 


एक महिनादेखि राहदानीको रोकिएको काम मंगलबारदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताउनुभयो । दक्ष जनशक्ति तयार गरी विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागले केन्द्रबाट राहदानी उपलब्ध गराउँदै आएको थियो । 

विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ । विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ । 


विद्युतीय राहदानी सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् । कैलाली जिल्ला प्रशासन कार्यालयले आइतबारबाट विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।