२३ बैशाख, २०८१ आइतबार

02:21:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० महिनामा नेपालमा ६४ अर्ब १० करोड बराबरकोे धान, चामल, मकै र गहुँ आयात

२२ जेठ, २०७९

सो अवधिमा विभिन्न देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चालम र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँको धान आयात भएको छ ।

१० महिनामा नेपालमा ६४ अर्ब १० करोड बराबरकोे धान, चामल, मकै र गहुँ आयात

काठमाडौँ । वर्षौदेखि नेपाललाई ‘कृषिप्रधान देश’ को रुपमा चिनिदै आएपनि विभिन्न देशबाट धान, चामल, मकै र गहुँ आयात गर्ने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनाको तथ्याङ्क अनुसार नेपालले विभिन्न देशबाट ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात गरेको छ ।

चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो १० महिनामा नेपालले ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान, १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार बराबरको धान, चामल, मकै र गहुँ आयात गरेको हो ।  सो अवधिमा विभिन्न देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चालम र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँको धान आयात भएको छ ।

सोही अवधिमा विभिन्न देशबाट नेपालमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै आयात भएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।