२६ बैशाख, २०८१ बुधबार

07:01:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड रुपैयाँ अनुदान, कुन गाउँपालिकालाई कति ?

Nepal Business

२२ जेठ, २०७९

चालु शीर्षकमा ७९ करोड तीन लाख रुपैयाँ र पूँजीगततर्फ १४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड रुपैयाँ अनुदान, कुन गाउँपालिकालाई कति  ?

काठमाण्डौं । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन् ।

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा ७९ करोड तीन लाख रुपैयाँ र पूँजीगततर्फ १४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । 

घर पझोङ गाउँपालिकाले २१ करोड ५३ लाख रुपैयाँ, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख रुपैयाँ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख रुपैयषँ बजेट पाएका छन् ।

यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख रुपैयाँ र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख रुपैयाँ अनुदान पाएका हुन्। सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् ।

स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।

रासस