८ मंसिर, २०८१ शनिबार

12:33:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राप्रपाले प्रधानमन्त्रीलाई १ असारमा ज्ञापनपत्र बुझाउने

Nepal Business

२१ जेठ, २०७९

महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १ असारमा ज्ञापनपत्र बुझाउने भएको छ ।

राप्रपाले प्रधानमन्त्रीलाई १ असारमा ज्ञापनपत्र बुझाउने

काठमाण्डौं । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १ असारमा ज्ञापनपत्र बुझाउने भएको छ ।

राप्रपाका ७७ वटै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुलाई पनि ज्ञापनपत्र बुझाउने राप्रपाको तयारी छ । 

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउने निर्णय गरेको थियो ।

यसका लागि जनजीविकासंग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरि राप्रपाले १ असारमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको प्रबक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझाउदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरिएको छ श्रेष्ठले बताउनु भयो ।