२० माघ, २०८१ आइतबार

07:43:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यार्सा संकलनमा क्रममा मुगुमा २ जनाको मृत्यु

Nepal Business

२१ जेठ, २०७९

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, डिएसपी सुवास हमालले बताउनु भयो ।

यार्सा संकलनमा क्रममा मुगुमा २ जनाको मृत्यु

मुगु । मुगम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ ।

मुगम कार्मारोङ गाउपालिका–७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए ।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ गाउपालिका वडानं–७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिनुभयो ।

एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ । बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, डिएसपी सुवास हमालले बताउनु भयो ।

यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नपाएर वर्सेनि अकालमा मृत्यु हुने गरेको छ ।

यार्सा टिपेर पैसा आर्जन गर्ने उद्देश्यले यहाँका नागरिक ज्यानको बाजी राखेर ४५०० देखि ५५०० मिटरसम्मको उचाइको हिमरेखा क्षेत्रमा यार्सा संकलन गर्न जाने गर्छन् ।