४ जेठ, २०८१ शुक्रबार

11:40:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेती गर्ने समयमा सधैसधैँ मलको अभाव, कृषकलाई मार

Nepal Business

२० जेठ, २०७९

रासायनिक मल, भरपर्दो सिँचाई, र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ ।

खेती गर्ने समयमा सधैसधैँ मलको अभाव, कृषकलाई मार

सुदूरपश्चिम, 
खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको छ । \

धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् ।  मुलुकभर नै यो समस्या कायमै रहेका बेला सुदुरपश्चिम पनि अछुतो छैन ।

धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् ।  मुलुकभर नै यो समस्या कायमै रहेका बेला सुदुरपश्चिम पनि अछुतो छैन ।

रासायनिक मल, भरपर्दो सिँचाई, र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ ।  धान खेती गर्ने समयमा देखिने रासायनिक मलको अभावले खेती कसरी गर्ने भन्ने समस्या आएको गुनासो उनीहरुको छ । 

‘‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौं भन्छ तर अर्को तर्फ कृषकलाई चाहिने मल समयमै उपलब्ध गराउन नसक्दा सरकारले कृषिमा दिएको प्राथमिकता नारामै सीमित बन्न पुगेको छ ।’’स्थानीय किसान टेकराज भट्टले भन्नुभयो । 

रोपाइँ गर्ने समय आउन लाग्दा सरकारको अनुदानको मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा कैलाली जिल्लाका लागि डिएपी र युरिया मलको मौज्दात छैन । 

 एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँ लगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेकोले खेती गर्दा यो मल प्रयोग गर्नै पर्ने वाध्यता रहेको कृषकको अनुभव छ ।

 व्यवसायीले ढुवानी गर्नुपर्ने परिणामको मल यस अघि नै ढुवानी गरिसकेकोले सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको थप मल ढुवानीकर्ता व्यवसायी मार्फत् आउन नसकिरहेको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयका प्रमुख नबलसिंह बोगटीले बताउनुभयो ।