२३ बैशाख, २०८१ आइतबार

02:45:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तयारी पोशाक निर्यातमा ९५ प्रतिशतभन्दा बढिले गिरावट, अनुदान रकम बढाउन तयारी पोशाक संघको माग

Nepal Business

२० जेठ, २०७९

हाल आएर यो निर्यात ५ करोड डलरभन्दा पनि कम मुल्यमा खुम्चिन पुगेको छ ।

 तयारी पोशाक निर्यातमा ९५ प्रतिशतभन्दा बढिले गिरावट,  अनुदान रकम बढाउन तयारी पोशाक संघको माग

काठमाण्डौं। नेपाल तयारी पोशाक उद्योग संघले सरकारले  निर्यातजन्य भएको वस्तुमा बढाएको नगद अनुदान उपयुक्त नरहेको बताएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । 

सन् २००१/२००२ मा नेपालबाट करिब ३९/४० करोड डलर बराबरको तयारी पोशाक निर्यात हुने गरेको थियो । हाल आएर यो निर्यात  ५ करोड डलरभन्दा पनि कम मुल्यमा खुम्चिन पुगेको छ । 

विगत १० वर्ष देखि निरन्तर रुपमा नेपाली तयारी पोशाक लगायत अन्य निर्यातजन्य वस्तुहरुमा उपलब्ध गराउँदै आएको नगद अनुदानको रकम बढाउनका लागि नेपाल तयारी पोशाक संघले पहल गरिरहेको छ । 

तर सरकारले हाल दिइरहेको अनुदान ३ देखि ५ प्रतिशतबाट  बढाएर न्युनतम १० प्रतिशत कायम गर्नका लागि नेपाल सरकारका विभिन्न निकायहरुमा पुर्याए पनि सुनुवाइ नभएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

हाल ८५ नगद अनुदान उपलब्ध हुने वस्तुहरुद्वारा आफ्नो प्रभाव देखाउन केही समय लाग्ने दखिन्छ । तर नेपाल राष्ट्र बैंकद्वारा कोभिंड–१९ द्वारा अति प्रभावित क्षेत्रको रुपमा घोषणा गरिएको यो उद्योगलाई राज्यले राहत दिन पर्ने माग समेत गरेको छ  । 

विगत ४० वर्ष देखि स्वदेश भित्र उत्पादन गरि विदेशी मुद्रा आर्जनमा सघाउ पुन्याइरहेका नेपाली तयारी पोशाक उद्योगलाई नयाँ नगद अनुदानको व्यवस्था अन्तर्गत समेट्न आग्रह गरेको छ ।