१७ बैशाख, २०८१ सोमबार

06:16:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको व्यापारघाटा २३.३३ अर्ब अमेरिकी डलर, आर्थिक संकटको निम्तो

Nepal Business

२० जेठ, २०७९

भारतको वस्तु निर्यात १५.४६ प्रतिशतले बढेर ३७.२९ अर्ब अमेरिकी डलर पुगेको छ । यो मे महिनाको तथ्यांक हो ।

भारतको व्यापारघाटा २३.३३ अर्ब अमेरिकी डलर,  आर्थिक संकटको निम्तो

नयाँ दिल्ली । पछिल्लो समय भारतको व्यापारघाटा उच्च भएको छ । हाल व्यापारघाटा २३.३३ अर्ब अमेरिकी डलर पुगेको छ । यसअघि मे २०२१ मा व्यापारघाटा ६.५३ अर्ब डलर मात्रै रहेको थियो । 

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको वाणिज्य मन्त्रालयले अप्रिल मे महिनामा व्यापारघाटा २२.२६ प्रतिशतले बढेको जनाएको छ । यसले भारतको कुल व्यापारघाटा ७७.०८ अर्ब डलरसम्म पुगेको छ ।

यसअघि पछिल्लो आर्थिक वर्षको दुई महिनामा यस्तो आँकडा ६३.०५ अर्ब डलरको थियो ।

यसैबीच, भारतको वस्तु निर्यात १५.४६ प्रतिशतले बढेर ३७.२९ अर्ब अमेरिकी डलर पुगेको छ । यो मे महिनाको तथ्यांक हो ।

बिहीबार सार्वजनिक तथ्यांकअनुसार मुख्य रुपमा पेट्रोलियम उत्पादन, विद्युतीय सामग्री र रसायन क्षेत्रको प्रदर्शन राम्रो रहँदा निर्यात वृद्धि भएको हो । मे महिनामा आयात भने ५६.१४ प्रतिशतले बढेर ६०.६२ अर्ब डलर पुगेको छ ।

इन्धन आयात उच्च वृद्धि मे महिनामा भारतले गरेको पेट्रोलियम पदार्थको आयात ९१.६ प्रतिशतले बढेर १८.१४ अर्ब डलर पुगेको छ । यसैबीच, कोइला, कोक र ब्रिकेट्सको आयात बढेर ५.३३ अर्ब डलर पुगेको छ ।

जुन पछिल्लो वर्ष महिनामा दुई अर्ब डलर रहेको थियो । समीक्षा अवधिमा सुनको आयात समेत वढेर ५.८२ अर्ब डलर पुगेको छ । जुन एक वर्षअघि अर्थात् मे २०२१ मा ६७.७ करोड डलर मात्र रहेको थियो ।