१ जेठ, २०८१ मंगलबार

08:14:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ? (सूचीसहित)

२० जेठ, २०७९

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुट) मा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरेको हो।

घट्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ। नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको हो।

निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले आज (जेठ २० गते शुक्रबार) देखि लागू  हुने गरी यात्रुवाहक सवारीमा भाडादर २ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको २.९ प्रतिशतले भाडादर घटाएको हो।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुट) मा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरेको हो।