२० माघ, २०८१ आइतबार

07:30:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सात प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोडबढी बजेट विनियोजन, कुनलाई कति ?

२० जेठ, २०७९

सरकारले बागमती प्रदेशलाई २० अर्ब ३२ करोड ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सात प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोडबढी बजेट विनियोजन, कुनलाई कति ?

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले सात वटै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशलाई विनियोजन गरेको उक्त बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशलाई बजेट विनियोजन गरिएको छ ।

सरकारले बागमती प्रदेशलाई २० अर्ब ३२ करोड ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै सरकारले मधेश प्रदेशलाई १९ अर्ब १९ करोड ९ लाख, प्रदेश १ लाई १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तैगरी, लुम्बिनी प्रदेशलाई १८ अर्ब ४७ करोड ६४ लाख बजेट विनियोजन भएको छ, कर्णाली प्रदेशलाई १८ अर्ब ३० करोड ३१ लाख, सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ भने गण्डकी प्रदेशलाई सबैभन्दा कम १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बजेछ विनियोजन गरिएको छ ।