२० माघ, २०८१ आइतबार

07:34:02 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मूल्य वृद्धि विरुद्ध राप्रपाले आन्दोलन गर्ने

Nepal Business

१९ जेठ, २०७९

बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिनुभयो ।

मूल्य वृद्धि विरुद्ध राप्रपाले आन्दोलन गर्ने

काठमाडौँ,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविकासँग जोडिएको मूल्य वृद्धिलगायतका विभिन्न विषयलाई लिएर त्यसका विरुद्धमा आन्दोलन गर्ने भएको छ । 

काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यसको विरुद्धमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिनुभयो । 

स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने, तीन तहको सङ्घीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने भएकाले आगामी निर्वाचनमा सो विषयलाई राप्रपाले जोडदार माग गर्ने उहाँले बताउनुभयो ।