१ जेठ, २०८१ मंगलबार

07:50:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

Nepal Business

१९ जेठ, २०७९

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

काठमडौँ?

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ ।

एयरलाइन्सले विहिबार एक विज्ञप्ति जारी गरी भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

एयरलाइन्सले विहिबार एक विज्ञप्ति जारी गरी भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेकोलाई जानकारी दिनुभयो ।

यस्तै यती एयरलाइन्सका बिहीबारका लागि काठमाडौँबाट पाँच र नेपालगञ्जबाट हुने पाँच उडान रद्द भएका छन् । उडान गन्तव्यमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा सबै उडान रद्द भएको प्रवक्ता बर्तौलाले बताउनुभयो ।

चार दिन पहिला पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना भएको थियो । दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो ।