२० माघ, २०८१ आइतबार
07:30:54 AM
१९ जेठ, २०७९
अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताउनु्भयो ।
काठमाडौँ,
अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा विहिबार आयोजित कार्यक्रममा उहाँले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताउनुभयो ।
आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा विहिबार आयोजित कार्यक्रममा उहाँले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताउनुभयो ।
“बजेट निर्माणपूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तक्र्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ”, अर्थमन्त्रीले भन्नुभयो, “मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ ।”
अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताउनु्भयो ।
उहाँले भन्नुभयो, “बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्वकाङ्क्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ ।”