२० माघ, २०८१ आइतबार

07:31:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तहले कति पाए बजेट ? (पूर्णपाठसहित)

Nepal Business

१९ जेठ, २०७९

जेटमा स्थानीय तहहरुले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाउने

स्थानीय तहले कति पाए बजेट ? (पूर्णपाठसहित)

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट यहि जेठ १५ गते सर्वाजनिक गर्यो । सोही बजेटमा स्थानीय तहहरुले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाउने भएका छन्। 

स्थानीय तहहरुले समानीकरण अनुदानअन्तर्गत १ खर्ब २३ करोड र सःसर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका हुन् ।

यस्तै समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ र विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।

महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ। आगामी वर्षका लागि काठमाण्डौ, पोखरा र भरतपुर

महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् । वीरगन्ज, विराटनगर र ललितपुर महानगरपालिकाको बजेट भने घटेको छ ।