२ जेठ, २०८१ बुधबार

04:46:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय सवारीसाधनमा सडक कर घट्यो, कति प्रतिशत घट्यो ?

Nepal Business

१९ जेठ, २०७९

सार्वजनिक रुपमा सञ्चालन हुने सवारीसाधनको सडक कर पाँच प्रतिशतबाट घटाएर २ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

विद्युतीय सवारीसाधनमा सडक कर घट्यो,  कति प्रतिशत घट्यो ?

काठमाण्डौं । सुन्दर यातायात प्रालिले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमार्फत विद्युतीय सार्वजनिक सवारीसाधनमा लाग्दै आएको सडक कर घटाएकोमा सरकारको स्वागत गरेको छ । 

सरकारले बजेटमार्फत विद्युतीय सार्वजनिक सवारीसाधन, ठूला किसिमका बसलगायत अन्य सार्वजनिक रुपमा सञ्चालन हुने सवारीसाधनको सडक कर पाँच प्रतिशतबाट घटाएर २ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

सुन्दर यातायातले सडक कर खारेज गर्न माग गर्दै आइरहेको थियो ।

यसैगरी विश्वव्यापी रुपमा विद्युतीय सवारीसाधनलाई सञ्चालनमा राहत सहुलियत अनुदान उपलब्ध गराइरहेको समयमा नेपालमा भने किलोवाटको हिसाबमा अन्तःशुल्क तथा करको दायरा बढाउनु न्यायोचित नभएको पनि कम्पनीले जनाएको छ । 

देशमा उत्पादित हुने विद्युतबाट सञ्चालन हुने र उच्च मात्रामा इन्धनजन्य पदार्थ आयातलाई रोक्न सघाउँदै आएको विद्युतीय सवारीसाधनको आयातमा लगाइएको अन्तःशुल्क र करको दायरा घटाउन कम्पनीले माग समेत गरेको छ ।