१७ बैशाख, २०८१ सोमबार

04:04:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनले सांघाईमा लकडाउन हटायो, नागरिकले अझै पालना गर्नु पर्ने प्रावधान के के ?

Nepal Business

१९ जेठ, २०७९

६ लाख ५० हजार मानिसहरु भने अझै आफ्नै घरमा बस्नुपर्ने बताइएको छ ।

चीनले सांघाईमा लकडाउन हटायो, नागरिकले अझै पालना गर्नु पर्ने प्रावधान के के ?
चीन । चीनले देशकै आर्थिक केन्द्र तथा विश्वको व्यापार हब सांघाईमा लगाएको लकडाउन हटाएको छ । बीबीसीका अनुसार मंगलबार मध्यरातिदेखि चीनले सांघाईको प्रतिबन्ध हटाएको हो । योसँगै अब मानिसहरु सहरवरपर स्वतन्त्र हिँड्डुल गर्न पाउनेछन् । सांघाईको जनसंख्या करिब साढे दुई करोड रहेको छ ।
 
तर ६ लाख ५० हजार मानिसहरु भने अझै आफ्नै घरमा बस्नुपर्ने बताइएको छ । चीनको शून्य कोभिड नीति अझै पनि कार्यान्वयनमा रहेको छ र मानिसहरु संक्रमित भए क्वारेन्टाइन वा अस्पताल बस्नुपर्ने व्यवस्था कायमै छ । उनीहरुसँग नजिकको सम्पर्कमा रहनेहरु समेत क्वारेन्टाइन वा निश्चित तोकिएको क्षेत्रमै बस्नुपर्ने हुन्छ ।
 
तर नयाँ नियमसँगै हरियो स्वास्थ्य कोड आफ्नो स्मार्टफोनमा देखाउनुपर्ने भएको छ । यसरी कोड देखाउनेले मात्र आवासीय क्षेत्र छोड्न पाउनेछन् । यसबाहेक जो बैंक, मल वा सार्वजनिक यातायातमा निस्किन चाहन्छन् उनीहरुले भने पीसीआर परीक्षण गरी आएको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । त्यस्तो परीक्षण पछिल्लो ७२ घण्टाभित्रको हुनुपर्ने बताइएको छ ।
 
त्यसैगरी सांघाईबाट अरु सहरमा जाँदा भने अझै पनि सातदेखि १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ । सांघाईमा अझै पनि सिनेमा हल, संग्रहालय र जिमहरु बन्दप्रायः छन् । धेरै बालबालिकाले अझै भर्चुअल रुपमै कक्षा लिनुपर्नेछ ।