५ जेठ, २०८१ शनिबार

11:32:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मे महिनामा पर्यटक आवागमनमा कमी

Nepal Business

१९ जेठ, २०७९

अप्रिल महिनाको तुलनामा यस महिना ७ हजार ९८१ पर्यटकहरु घटेको अध्यागमन विभागले जनाएको छ ।

मे महिनामा पर्यटक  आवागमनमा कमी

काठमाण्डौं । नेपलमा पछिल्लो मे महिनामा  पर्यटक आवागमनको संख्या घटेको छ । सन् २०२२ को जनवरीदेखि निरन्तर रुपमा बढेको पर्यटकहरुको संख्या मे महिनामा घटेको देखिएको हो । अप्रिल महिनाको तुलनामा यस महिना ७ हजार ९८१ पर्यटकहरु घटेको अध्यागमन विभागले जनाएको छ ।  

अध्यागमन विभागको तथ्यांक अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ६१ हजार ५८९ पर्यटक भित्रिएका थिए । यो महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या भने घटेको हो ।

अफ सिजन रहेका कारण पनि पर्यटकहरुको आवागमनको संख्या घट्न थालेको अध्यागमन विभागका महानिर्देशकले बताउनु भयो । पछिल्लो केही महिना यता पर्यटकहरुको आवागमन बढेको थियो ।

यसमध्ये पनि सन् २०२२ को अप्रिलमा कोरोना काल पछि कै सर्वाधिक पर्यटक भित्रिएका थिए । अहिले अफ सिजन भएका कारण पनि पर्यटकहरुको आवागमनमा कमि आएको हो । 

मे महिना सहित सन् २०२२ को पाँच महिनामा १ लाख ९३ हजार ९४४ पर्यटक नेपाल भित्रिएको विभागको तथ्याङमा उल्लेख छ । जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए भने दोस्रो महिना वा फेब्रअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरीको तुलनामा फेब्रुरुअरीमा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए ।

यसैगरी सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । जहाँबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका थिए । 

विभागका अनुसार अप्रिल महिनामा कोरोना महामारी पछिकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । यस महिनामा हवाई मार्ग भएर कूल ६१ हजार ५८९ जना पर्यटक नेपाल भित्रिएका हुन् । अप्रिल महिनामा पर्यटक भित्रिने संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा धेरै हो । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।