२ जेठ, २०८१ बुधबार

05:22:08 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आहा ! मनै लोभ्याउने दुगुनागढी...(तस्वीरमा हेर्नुहोस्)

१९ पुस, २०७८

सेनाको एकीकरण मार्ग

आहा ! मनै लोभ्याउने दुगुनागढी...(तस्वीरमा हेर्नुहोस्)

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, १९ पुस । नेपाली सेनाको गोरखबक्स गणद्वारा मनै लोभ्याउने ठाउँ सिन्धुपाल्चोकको  दुगुनागढी एकीकरण मार्ग पदयात्रा आयोजना गर्यो ।

सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित लार्चा (नेपाल एकिकरण तथा नेपाल तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्ग) देखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किमी उक्त पदयात्रा संचालन भएको थियो । यो पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण छ ।

उक्त कार्यक्रममा श्री नं २६ बाहिनी अड्डाका बाहिनीपति, भोटेकोशी गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु, गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्यदर्जा, स्थानिय आमा समुह, स्थानिय क्लबका सदस्यहरु तथा अन्य सुरक्षा निकायका फौजको सहभागिता रहेको थियो । 

नेपाली सेनाको पहलतामा संचालन भइरहेको एकीकरण मार्ग कार्यक्रम अर्न्तगत नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग र बाटो तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्य अनुरुप यस किसिमका कार्यक्रमहरु आयोजना हुँदै आएको छ । तस्वीर हेर्दा मनै लोभ्याउने ठाउँ छ ।