२३ बैशाख, २०८१ आइतबार

09:30:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्यो ग्यासको मूल्य, पेट्रोलको भने ८ रुपैयाँ बढ्यो

१९ जेठ, २०७९

घट्यो ग्यासको मूल्य, पेट्रोलको भने ८ रुपैयाँ बढ्यो

काठमाडौं । फेरी भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने ग्यासको भने थोरै घटेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले बुधबार नयाँ मूल्य सूची पठाएको छ । आईओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको हो ।

त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।