२० माघ, २०८१ आइतबार

07:41:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

१८ जेठ, २०७९

निजहरुले भ्रष्टाचार गरेको पुष्टि भएकाले कसुरमा बिगो ३० लाख ८२ हजार तीन सय ७८ रुपैयाँ जरिवाना तथा कायम गरि कैद

प्रधानध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

बुधबार प्रधानाध्यापक बलराम श्रेष्ठ र राकेशमान श्रेष्ठ विरुद्ध आयोगले विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । 

उनीहरुले नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपूर, मुर्ली, वीरगंज, पर्सामा जिल्ला शिक्षा कार्यालय, पर्साबाट निकासा भएको भौतिक निर्माणवापत रकम लगायत विद्यालयको स्रोतसमेत दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, मुर्ली, बीरगंज, पर्सालाई जिल्ला शिक्षा कार्यालय, पर्साबाट आर्थिक वर्ष २०६८÷०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत २९ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ । 

निजहरुले भ्रष्टाचार गरेको पुष्टि भएकाले कसुरमा बिगो ३० लाख ८२ हजार तीन सय ७८ रुपैयाँ जरिवाना तथा कायम गरि कैद गरी पाउन मागदाबी गरिएको छ ।