२० माघ, २०८१ आइतबार

07:42:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१३ लाख रुपैयाँभन्दा बढि भ्रष्टाचार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

१८ जेठ, २०७९

व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई १३ लाख ३७ हजार २० रुपैयाँ रकमको भ्रष्टार गरेको

१३ लाख रुपैयाँभन्दा बढि भ्रष्टाचार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरउपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ । 

आयोगले बुधबार विशेष अदालत काठमाण्डौंमा नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरे विरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरुले जिल्ला सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई १३ लाख ३७ हजार २० रुपैयाँ रकमको भ्रष्टार गरेको आयोगले जनाएको छ । 

आयोगमा नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई आयोगले नियन्त्राणमा लिएको हो ।