८ मंसिर, २०८१ शनिबार

01:29:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कात्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्ता चुनाव गर्ने तयारी

Nepal Business

१८ जेठ, २०७९

राजनीतिक दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्न छलफल अघि बढाएका छन् ।

कात्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्ता चुनाव गर्ने तयारी

काठमाण्डौं । स्थानीय तहको चुनाव सकिएर जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्ने काम भर्खरै सम्मपन्न भएको छ । यसको सँगसँगै प्रतिनिधिसभा र प्रदेशसभाको आवधिक निर्वाचन गर्नु पर्ने हुन्छ ।

यसै विषयलाई मध्येनजर गर्दै राजनीतिक दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्न छलफल अघि बढाएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । तर पनि निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ ।