५ जेठ, २०८१ शनिबार

11:11:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको वार्षिक साधारणसभा सम्पन्न

Nepal Business

१८ जेठ, २०७९

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको वार्षिक साधारणसभा सम्पन्न  भएको छ  । बुधबार पर्यटन बोर्डको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै नेपाल पर्यटन  बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले सबैको सामुहिक चिन्तन र सहकार्यबाट पर्यटन बोर्डको गरिमालाई माथी उठाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

व्यक्तिगत स्वार्थभन्दा माथी उठेर संस्थालाई बलियो बनाउन सकेमात्र यसको औचित्य रहने उल्लेख गर्दै उहाँले यसको लागि सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो । 

बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मिले बोर्डले कर्मचारीहरुकै सहकार्यबाट कठिन अवस्थामा समेत बोर्डले राम्रो काम गर्न सकेको बताउदै युनियनको वार्षिकोत्सबको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले कर्मचारीको वृद्धि विकासमा आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोर्डका कार्यसमिति सद्स्य ङावा निमाङिमा शेर्पाले संस्था र  कर्मचारी सबैको हित हुने गरि कर्मचारीले काम गर्नुपर्ने बताउदै वार्षिकोत्सव सफलताको शुभकामना दिनुभयो । 

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिड्को समयमा बोर्डका कर्मचारीले गरेको काम सराहनीय भएको बताउदै अब पुनः  टिम स्प्रीट्का साथ काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोर्डका वरिष्ठ  हिक्मत सिंह ऐर ,निर्देशकहरु सन्तोष पन्त, मणिराज लामिछाने, प्रबन्धक सुर्य थपलिया, सार्वजनिक सस्थान कर्मचारी युनियनका सद्स्य सन्जिब थापा लगायतले शुभकामना दिनुभएको थियो ।

युनियनका अध्यक्ष गोपाल भन्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका सचिव सिताराम दाहाल, सहसचिव रामप्रसाद घिमिरे लगायतले वार्षिकोत्सबको अवसरमा आफ्नो धारणा राख्नु भएको थियो ।