२२ बैशाख, २०८१ शनिबार

04:31:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतद्वारा अफगानिस्तानलाई ५ लाख डोज कोभ्याक्सिन सहयोग

१९ पुस, २०७८

सहायता इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ।

भारतद्वारा अफगानिस्तानलाई ५ लाख डोज कोभ्याक्सिन सहयोग


काठमाण्डौं, पुस १९
भारत बायोटेकले सोमबार अफगानिस्तानलाई ५ लाख डोज कोभ्याक्सिन सहयोग गरेको छ ।
  
ट्विटरमा भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड भ्याक्सिन को डोज सहितको मानवीय सहायताको अर्को शृङ्खला प्रदान गरेको छ । सहायता इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ।

आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।

भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड १९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ। वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले अफगानिस्तान आर्थिक संकटमा फसेको हो।