२० माघ, २०८१ आइतबार
09:41:44 AM
१८ जेठ, २०७९
जहाज काठमाडौंबाट ३० नटिकल माइल उडेको थियो।
काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै पुनः काठमाडौं विमानस्थल फर्किएको छ। बुद्ध एअरको ९५३ उडान नम्बरको विमानको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ विमानस्थलमै फिर्ता भएको जनाइएको छ ।
विमानस्थल कार्यालय भने बुद्ध एयरको ९५३ उडान नम्बरको जहाजको टायरमा प्राविधिक समस्या देखिएपछि तत्कालै फिर्ता बोलाइएको जनाएको छ। जहाज काठमाडौंबाट ३० नटिकल माइल उडेको थियो। जहाजमा ६९ यात्रु सवार थिए। जहाजमा देखिएको प्राविधिक समस्याका विषयमा अनुसन्धान भइरहेको कार्यालय जनाएको छ ।